भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला भाइबरबाट यसरी लिक हुँदैछ प्रयोगकर्ताको नाम र तस्वीर काठमाडौं । प्रयोगकर्ताको कलर आईडी पत्ता लगाउन सकिने फिचर भएका ट्रु कलर जस्ता एप साइबर सुरक्षाको हिसाबले जोखिमपूर्ण हुन थालेका छन् ।
मोबाइल नम्बरकै आधारमा प्रयोगकर्ताको नाम र तस्वीर फेला पार्न सघाउने यो एप प्रयोग गर्नेको संख्या ५० करोड नाघिसकेको छ ।आफ्नो गोपनीयता प्रति चिन्तित र सतर्क हुनेहरूले यस्ता एप आफ्नो मोबाइलमा राख्न चाहँदैनन् । यस्तोमा ट्रु कलरमा तपाईंको आफ्नो प्रोफाइल तथा अकाउन्ट नभए पनि अन्य ट्रु कलर प्रयोगकर्ताको मोबाइलमा सेभ छ भने पनि तपाईंको नाम अरुले थाहा पाउन सक्छ । यस हिसाबले ट्रु कलरको जोखिम व्यक्तिगत गोपनीयताको हिसाबले एकातर्फ छ । तर अर्कोतर्फ नेपालमा निकै लोकप्रिय भाइबरमा समेत यस्तै फिचर भएको तपाईंलाई थाहा नहुन सक्छ ।
भाइबरको डेक्सटप एपमा एउटा यस्तो फिचर छ, जसमा तपाईंले कुनै व्यक्तिको नम्बर राख्नु भयो भने (भाइबर प्रयोगकर्ता) उक्त व्यक्तिको तस्वीर र नाम समेत देख्न सक्नुहुन्छ । यसैगरी तपाईंको नाम र प्रोफाइल फोटो अन्य व्यक्तिले समेत सहजै पत्ता लगाउन सक्छन् ।स्तो फिचर दुरुपयोग हुनसक्ने सम्भावना रहेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए । सम्बन्धित व्यक्तिको अनुमति बिना कसैको व्यक्तिगत जानकारी सार्वजनिक
गर्न नपाइने उनको भनाई छ।यो फिचर प्रयोग गर्न सुरुमा आफ्नो डेक्सटपमा भाइबर एप खोल्नुहोस् । यदि भाइबर एप छैन भने यहाँ क्लिक गरी ‘भाइबर फर डेक्सटप’ डाउनलोड गरेर इन्स्टल गर्नुहोस् ।यति गरिसकेपछि अब बायाँतर्फ माथि रहेको सर्च बक्समा कुनै नम्बर राख्नुहोस् र तल रहेको ‘स्टार्ट अ कन्भर्सेसन विथ’ सँगैको मोबाइल नम्बरमा जानुहोस् । यति गरेसँगै उक्त मोबाइल नम्बर यदि भाइबरमा छ भने सम्बन्धित व्यक्तिको नाम र तस्वीर
कुबेतबाट घर नाईपुग्दै श्रीमती ड्राइभरसंग फरार, डोजरले खुट्टा पेलिदियो, छोरा ससुरालीले लुकाए हेर्नुस(भिडियो सहित हे*’र्नुहोस
