नेपालमा भयो अनौठो घ’टना २८ बर्षिय युव’तीले जन्माइन ५ सन्तान हेर्नुहोस भिडियो

नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले सोमबार विहान पाँच शिशुलाई जन्म दिएकी छिन् । थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी तामाङले चार जीवित र एक जना मृ’त शिशुलाई ज’न्म दिएकी हुन् ।

 मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी भएको अप्रेशन टोलीका प्रमुख डा. कीर्तिपाल सुवेदीले जनकारी दिए । एक जना शिशुलाई एनआईसीयूमा राखेको भए पनि र तीन जनालाई आमाको जिम्मा लगाइसकेको डा. सुवेदीले बताए ।

एक जना शिशुलाई एनआईसीयूमा राखे पनि अक्सिजन दिन नपरेको उनले बताए । एनआईसीयूमा राखेको बच्चाको तौल आठ सय ग्राम छ भने अन्य तीन जनाको तौल क्रमश १.८, १.९, १.६ ग्राम रहेको छ । तामाङले नियमित रुपमा प्रसूति गृहमा गर्भ जाँच गराउँदै आएकी थिइन् । ‘उहाँ २८ हप्तामा नियमित परीक्षण गर्न आउँदा एक जना बच्चा गर्भमै मृत्यु भएको पाएका थियौँ । तर, चार जना बच्चा सकुशल नै भएकाले हामीले निगरानीमा राखेका थियौँ’, अस्पतालकी निर्देशक डा. संगीता मिश्राले भनिन् ।

गर्भवतीको पेटमै पानीको फोका फुटेपछि सोमबार विहान शल्यक्रियामार्फत सुत्केरी गराउनु परेको हो । डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा छ जना चिकित्सकको टोलीले सोमिकाको अप्रेशन गरेको हो । डा. सुवेदीले भने, ‘हामीले अप्रेशनको बेला केही जटिलता आउला कि भनेर सचेत थियौँ । तर, त्यस्तो कुनै कम्प्लिकेसन आएन ।’ चार जनासम्मको बच्चा सामान्यतया जन्मिराख्ने भए पनि त्यसभन्दा माथिको बच्चा जन्माउनु भने दुर्लभ केश भएको डा. मिश्राले बताइन्। 

न्हेर्नुहोस भिडियो सामग्री  

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

1 Comments

  1. 1छोरी मलाई दिन सक्नु हुन्छ

    ReplyDelete
Previous Post Next Post