फेरि अर्को दुखको खबर !! मोरङमा खोलाको छेउमा महिला’को अ’र्ध’न’ग्न श’व फेला


मोरङको सुन्दरहरैँचास्थित गछिया खोलामा एक महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिका–७ की २४ वर्षीया छेविनी ऋषिदेवको शव घरनजिकै गछिया खोलामा अर्धनग्न अवस्थामा फेला परेको हो ।

सोमबार बिहान खोलामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए ।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोली कम्मरमुनि भित्री वस्त्र मात्र लगाएको अवस्थामा शव फेला पारेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार घटना शंकास्पद देखिएपछि मृतक महिलाका श्रीमान २६ वर्षीय मन्जे ऋषिदेवलाई नियन्त्रणमा लिइएको छ ।

आइतबार साँझ श्रीमान–श्रीमतीबीच सामान्य भनाभन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।झगडा भएको जानकारी पाएपछि प्रहरीले मृतक महिलाका श्रीमान मन्जेलाई नियन्त्रणमा लिएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post