गुलियो खाँदा किन किराले दाँत खान्छ ? किरा लाग्नबाट बच्न यसो गर्नुहोस्

हाम्रो शरीरको पाचन क्रियाका लागि आवश्यक पर्ने विभिन्न अङ्गहरु मध्ये दाँत पनि एक हो । वयस्क मानिसहरुमा तल्लो र माथिल्लो बङ्गारामा गरी ३०–३२ वटा दाँतहरु ह्ुन्छन् भने बच्चाहरुमा १८ देखि २० वटा दाँतहरु हुन्छन् ।

वयस्कहरुको दाँजोमा हेरचाह नपु¥याएको खण्डमा बालबालिकाहरुमा पनि दाँतको समस्या हुन्छ ।

गुलियो खानेकुरा खायो भने दाँत किराले खान्छ भन्ने धारणा व्याप्त छ । यो कुरा आंशिक रुपमा सत्य छ । हामीले खाने विभिन्न खालका खानेकुराहरु मध्ये खानेकुरा खाएपछि यसका स–साना कणहरु हाम्रा पछिल्ला दाँतको माथिपट्टि वा दाँतहरुको बिचमा अड्किन्छ ।

हाम्रो दाँतको विभिन्न तहहरु हुन्छन्, जसमध्ये सबभन्दा बाहिरको इनामेल नामक तह निकै साह्रो हुन्छ । तर, अम्लका कारण दाँतका विभिन्न तह खिइँदै गएर नसा लाई पनि असर पु¥यायो भने हामीले तातो वा चिसो खानेकुरा खाँदा दाँत सिरिङ्ग हुन्छ ।

दाँतमा खानेकुरा अड्किन नदिन बिहान र बेलुका खाना खाइसकेपछि दाँत माझनु बढ्ता लाभदायक हुन्छ । त्यसमाथि पनि राति खाना खाइसकेपछि दाँत माभ नु बुद्धिमानी हुन्छ । अन्य बेला विशेष गरी माथि उल्लेखित खानेकुरा खाएपछि कम्तिमा मुख चाहिँ राम्ररी कुल्ला गनुपर्छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post