किन फुल्छ उमेरै नपुगी कपाल ? कसरी जोगिने हेर्नुहोस्

काठमाडौं - प्राय: सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्।

किन फुल्छ कपाल ?

धेरैले भनेको सुन्‍ने गरिन्छ- अन्य स्थानमा जाँदा पानी परिर्वतन भएर, हावापानी परिवर्तन भएर कपाल फुलेको हुनुपर्छ। छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ डा. सन्जुबाबु श्रेष्ठका अनुसार कपालमा धेरै मात्रामा केमिकलको प्रयोग गर्ने, कपालमा विभिन्‍न थरीको रङ लगाउने (हाइलाइट गर्ने) बजारमा पाइने केमिकल युक्त मेहेन्दीको प्रयोगका कारण पनि कपाल फुल्ने हुन्छ।

उनी भन्छन्, ‘टाउकोमा हेयर फोलिकल रहेको हुन्छ साथै मेलानोसाइट सेले हुन्छ। छालामा पनि मेलानोसाइट रहेको हुन्छ । यसको मुख्य काम भनेको छाला तथा कपालमा रङ दिने हो। क्पालमा यु मेलानिल र फियो मेलानिल गरी दुई प्रकारको हुन्छ। यू मेलानिलले कपाललाई कालो बनाउछ भने फियो मेलानिलले खैरो वा रातो बनाउँछ। मेलानोसाइटमा ह्रास भएमा वा राम्रो सँग उत्पादन भएन भने कपाल सेतो हुने हुन्छ।’

यस्तै डा. श्रेष्ठ कपाल फुल्ने प्रमुख कारण वंशाणुगत नै भएको दावी गर्छन्। उनी भन्छन्, ‘बुबा आमाको कम उमेरमा नै कपाल फुलेको थियो भने पनि कम उमेरमै कपाल फुल्ने हुन्छ। यस बाहेक रक्तअल्पता, थाइराइड, भिटामिनको कमी, जिङ्कको कमी, विभिन्‍न औषधि सेवन, एन्टी क्यान्सर औषधि, ब्लड क्यान्सर जस्ता समस्या कारण पनि कपाल फुल्ने गर्छ।

बालबालिकालाई चाहिने पौष्टिक आहारको कमी भए कुषोषण हुनुको साथै कपाललाई आवश्यक पर्ने पौष्टिक तत्वको पनि कमी हुन जान्छ। यसका कारण उमेर भन्दा पहिला नै कपाल फुल्ने सम्भावना रहन्छ।’

यस्तै क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने तथा कलेजो तथा पेटका रोगहरुका कारण पनि कपाल फुल्ने गर्छ। त्यसबाहेक प्रदूषणका कारणले पनि चाँडै कपाल फुल्ने गर्छ।

कसरी बच्‍ने ?

यस्तै टाउकोमा दुबी भएमा पनि त्यस स्थानमा कपाल फुल्ने सम्भावना हुन्छ। यी बाहेक कहिलेकाहीँ हार्मोनको परिर्वनका कारण यस्तो समस्या उत्पन्‍न हुन सक्छ। कपाल के कारणले फुलेको यसका लागि सर्वप्रथम उसको पारिवारिक इतिहास हेर्नुपर्छ। किनभने कपाल फुल्ने प्रमुख समस्या नै वंशाणुगत भएको हुँदा परिवारका अन्य सदस्यमा समस्या छ वा छैन यसको जानकारी लिनु जरुरी हुन्छ।

यसबाहेक अन्य जाचँका लागि उमेर अनुसार तौल र उचाइ कस्तो रहेको छ त्यस अनुसार पौष्टिक आहारका कारण उसको तौलमा कमी भएको हुन सक्छ। त्यसैगरी शरीरमा आइरनको मात्रा, भिटामीन, फोलीक एसिडको मात्रा, थाइराइड जाँच गरिन्छ। पौष्टिक आहारको कमीका कारण शरीरमा आइरन, जिङ्कको कमी समेत भएको हुन सक्छ।

वंशाणुगत कारणले कपाल फुलेको हो भने यसलाई रोकथाम गर्न सकिँदैन। तर पौष्टिक आहारको कारण हो भने खानपानमा विशेष ध्यान दिनुपर्छ । पौष्टिक आहारको साथै सन्तुलित भोजनको पनि उत्तिकै आवश्यक पर्छ । साथै खानामा सधैँ हरियो सागपातको प्रयोग गर्नुपर्छ। यसबाहेक क्याल्सियम प्यान्टोथिनेट अर्थात भिटामीन बी फाइभको सेवन गर्नु पर्छ। के कारणले कपाल फुल्ने समस्या देखिएको हो त्यसको निर्क्यौल गरी सो अनुसार उपचार गर्नुपर्छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post