ठ'गि धन्दा सहित बिजय शाहिले यसरी ४० लाख ठ'गेको प्रमाण सार्वजनिक (हेर्नुस् भिडियो)


बिजय साहि जो कालिकोटका हुन ।अहिले उनको चर्चा नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय जगतमा पनि उतिकै छ ।आफुमा दैविक शक्ति भएको र दैविक शक्ति कै कारण आफुले केही सेकेन्ड मै पुरै किताबनै कन्ठस्त पार्न सक्ने क्षमता भएको भन्दै बारम्बार उनले आफ्नो क्षमता मिडियामा आएर पेश गरिनै रहे ।

आफुलाई प्रमाणित गर्ने क्रममा उनले चर्चा त बटुलेनै तर त्यो भन्दा बढि आलोचनाको सामना गर्नु पर्यो ।उनी च्याम्पियन बुक अफ वल्ड रेकर्डको उपाधि बाट समेत सम्मानित भए ,उनले उक्त रेकर्डमा १०२ शब्द ३० सेकेन्डमा कन्ठ गरेका थिए ।यहि कारणले पनि सुरुवाति दिनहरुमा उनलाई सबैले पत्याउने वातावरण सृजना भयो ।

रिपोर्टर्स क्लबमा सु प्रसिद्ध पुण्य गौतमले आफ्ना किताबहरु पनि कन्ठ गर्न भन्दै उनलाई दिने जमर्को गर्दा झन्डै हा तहालाहालको स्थिति नै सृजना हुन पुगेको थियो ।उता भाग्य न्यौपानेले समेत उनको क्षमताको दाबबि सहित भिडियो नै पेश गरेपछि उनले बेग्लै हाइट बनाइसकेका थिए ।जिल्ला अध्यक्ष देखि मंत्रि प्रधानमन्त्रीसम्म सबैलाई भेटेर र आफ्नो क्षमता देखाएका उनी अहिले फेरि बि वादमा आएका छन् ।

अमेरिकाबाट एक मेमोरि किङ नेल्सन डेनिस नै आएर बिजयको क्षमताको पुष्टि गर्ने क्रममा त्यहा प्रयोग भएको साधन र मान्छेकै सेटिङमा आफ्नो क्षमता देखाएको भन्ने प्रमाण अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ ।यस्लाई अन्तर्राष्ट्रिय बेइज्जतको संघिया धेरै बुद्धि जिविले दिदी आएका छन् ।

आलोचना समालोचना भएसगै अहिले विजय साहिले करिब ४० लाख ९०० बिद्यार्थीबाट ठगेको भन्ने प्रमाणहरु बाहिरिएको छ ।आफ्नो क्षमता र ज्ञान गाउगाउ स्कुलस्कुलमा गएर देखाउने र सबैलाइ सिकाउने प्रतिबद्धता गर्दै उनले लिएको पुष्टि भएको छ ।

थप हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post