असार १४ गतेदेखि वेपत्ता भएकी विना सापकोटाबारे आयो यस्तो अपडेट, राति ८ बजेर ४१ मिनेटमा…हेर्नुहोस् भिडियो

भरतपुर । चितवनमा बेपत्ता भएकी विना सापकोटाबारे थप अपडेट आएको छ । असार १४ गतेदेखि वेपत्ता विनाकै बुबाको अनुसार सोही दिन राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीकिनारमा थिइन् ।

घटना थप रहस्यमय बनेको छ ।आफ्नो फोन पनि केटासाथीसँग रहेपछि फोनविहीन बनेकी विनाले नारायणगढ लीलाचोक नजिकको एरियामा पुगेर एक व्यक्तिसँग फोन मागेकी थिइन् । उनले त्यो फोनबाट ११ सेकेन्ड उनै केटासाथी प्रवेशसँग बोलेकी थिइन् ।

आफूसँग फोन मागेर केही बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएको ती व्यक्तिले आफूलाई जानकारी दिएको विनाको बुबा बताउँछन् । एउटी केटी आ’त्तिएजसरी हिँडेर किनारतर्फ लागेपछि घरमा अभिभावकलाई खोज्नका लागि समेत जानकारी गराएको ती युवाले विनाको बुबासँग बताएका छन् ।

सोही दिन राति ८ बजे भाटभटेनीअगाडि हिँडिरहेको देखिएपछि प्रहरीले बजार क्षेत्रको अन्य सिसी क्यामरामा उनको खोजी गरिरहेको थियो ।चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले विनाको विषयमा थप जानकारी आएको बताए । उनले भने,‘ नदीकिनारतर्फ जाने एक पसलको सिसी क्या’मराबाट उनी किनारतर्फ गएको देखिन्छ ।’ हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post