बिहे गरेको तीन महिनापछि श्रीमान आफ्नै हजुरबुबा भएको थाहा पाएपछि…



मानिसको जीवनमा अनेक संयोगहरु हुने गर्छन् । तर कतिपय संयोग यस्ता पनि हुन्छन्, जो मानिसले कल्पनासम्म गरेका हुँदैनन् । यस्तै भएको छ, अमेरिकाको फ्लोरिडा बस्ने २४ वर्षीया एक युवती र ७८ वर्षका बृद्धलाई । ७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीया युवतीसँग विवाह गरे । बिहेपछि दुबैको जीवन सुखद बितेको थियो । तर तीन महिनापछि भने उनीहरुको जीवनमा भूकम्प आयो ।


तीन महिनापछि युवतीलाई थाहा भयो, आफूले श्रीमान मान्दै आएका व्यक्ति त उनका आफ्नै हजुरबुवा पो रहेछन् । आफ्नो श्रीमानका पुराना तस्वीरहरुको एल्बम हेर्दा उनको आँखा एउटा तस्वीरमा गयो । उक्त तस्वीरमा उनका बृद्ध श्रीमान र पहिलो श्रीमती र बच्चाहरुको तस्वीर थियो । उनले सोध्दा पहिलो श्रीमतीको बारेमा श्रीमानले बताए । त्यसपछि श्रीमान मानेर बसेको मान्छे त आफ्नै हजुरबुवा पो परेछ भन्ने स्पष्ट भयो । त्यसपछिको अवस्था के भयो होला, हामी कल्पना पनि गर्न सक्दै

यो पनि पढ्नुहोस्

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ ।

नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो ।तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट यत्रो सङ्ख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो ।

नियमितरूपमा खेल्ने गरेको सूचनासँगै नियमित गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् ।दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post