
आफ्नै घरमा आँखीभौँ छे’डेका कारण स्कूलमा पढ्दै गरेकी एक किशोरीको मृत्यु भएको छ । १५ वर्षे इसाबेला इड्वार्डा सुसाले घा’तक संक्रमणको सामना गर्नुपर्यो जसका कारण उनको अनुहार बेलुन झैं सुन्नियो भने उनका आँखा यति धेरै सुन्निए कि ती सधैंका लागि बन्द हुन बा’ध्य भए । उनले ब्राजिलको मिनास गेराइ प्रान्तस्थित आफ्नो घरमा एक साथीको सहायताले आँखीभौँ छे’डेकी थिइन् ।
ती किशोरीले आँखाीभौँ छेड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग अनुमति लिएकी थिइन् तर यसका लागि कसैले पनि अनुमति भने दिएका थिएनन् । आँखीभौँ छेडेको तीन दिनपछि इसाबेलामा निकै डरलाग्दा लक्षण देखिन थाले । उनको आँखा वरिपरिका भाग असाध्यै सुन्निएपछि अस्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृ’द’य’घा’त भयो ।

उनको शरीरले बाहिरको वस्तुलाई स्वीकार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन खस्कियो । त्यसपछि उनलाई थप सुविधा सम्पन्न अस्पतालमा पुर्याइयो जहाँ उनलाई एक हप्तासम्म भेन्टिलेटरमा राखियो ।र उनलाई बचाउन सकिएन । घटनाले उनको परिवारलाई वि’क्षिप्त बनायो ।
उनको मृ'त्युपछि उनकी काकी जुर्सिनी डि सुसाले भनिन्, ‘यो एउटी काकीको अनुनय बिन्ति हो जसले हालै एक अति नै सुन्दर र विशेष छोरी गुमाएकी छिन् ।’ ‘आफ्ना आमाबुवाले भनेको मान्नुहोस्, काका–काकीले भनेको पनि सुन्नहोस् र आफ्ना हजुरबुवा–आमाको कुरालाई खेर जान नदिनुहोस् ।’
