कलाकार पल्पसा डंगोल काठमाडौँको महाराजगंजस्थित शिक्षण अस्पताल भर्ना भएकी छन । उनलाई मृगौलामा देखिएको स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएको हो । उनको वास्तविक नाम पल्पसा डंगोल भएपनि आम दर्शकले उनलाई चम्सुरीको नामले चिन्दै आएका छन ।
कलाकार तथा निर्देशक दीपाश्री निरौलाका अनुसार केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी पल्पसाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
कलाकार डंगोलले ५ वर्षदेखि उपचार खर्च टार्दै आएपनि २ महिना देखि आफूलाई अत्यन्तै संकट परेको दीपाश्रीसँग भक्कानिँदै सुनाएकी छिन् । ‘छोरीहरुको भविष्यको लागि संघर्ष गर्दा गर्दै मेरो किड्नी फेल भएको पत्तै पाइन। मलाई बचाउने कोही भएन संसारमा मलाई कसैले किड्नी दिएपनि बाँच्ने थिएँ, अकालमा मेरो ज्या.न जाँदैन थियो होला ।’ – अस्पतालको सैयाबाट उनले बताइन । उनलाई आर्थिक संकट परेको बेला यदि कसैले सहयोग गर्न चाहेमा उनको सम्पर्क नम्बर ९८०३१३३६६९ रहेको छ
दिपाश्रीका अनुसार डंगोलको मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाह रहेको छ । हाल उनले डायोलोसिस गरिरहेकी छन । सामाजिक संजालमा अस्पतालको सैयामा रहेकी डंगोलको तस्विर सार्बजनिक गर्दै दिपाश्रीले सबै मिलेर साथ र सुस्वास्थ्यको कामना गरौ भनेकी छन । उनि लेक्छिन – ‘कलाकार पल्पसा डंगोल हाम्री चम्सुरी शिक्षण अस्पतालमा मृगौलामा समस्या भएर ३०५ नम्बर बेडमा छिन, हामी सबै मिलेर साथ र सुस्वास्थ्य को कामना गरौ ।’
यसै बीच कलाकार डंगोल अस्पतालमा भएको थाहा पाएपछी अर्का चर्चित कलाकार किरण केसी उनलाई भेट्न अस्पताल पुगेका छन । केसीले उनलाई सान्त्वना दिदै भनेका छ – ‘हामी छौ, कुनै पिर नलिनु । किरण केसी त्यहाँ पुग्दा खिचिएको भिडियो हेर्नुहोस ।
