पछिल्लो समय अफ्रिकाकि एक महिलाले `फुल बुट्टे सारी ´ नेपाली भाषा शैलिमा गाएपछि एकदमै भाइरल साथै चर्चाको बिषय भएको थियो ।नेपाली गित संगित प्रतिको बिदेशि मोह पनि दिनानुदिन बढ्दो क्रममा नै छ ।
अहिले फेरि अष्ट्रेलियामा बसोबास गर्दै आएकि एक महिला जसलाई नेपाली गित संगित एकदमै मनपर्ने भन्दै दर्जनौ गितहरु समेत गाइन् ।त्यति मात्रै हैन उनले भारत भन्दा पनि नेपाल एकदमै राम्रो र अवसर मिले नेपाली पुरुषसगनै बिवाह गर्न परेपनि पछि नहट्ने उनले जिकिर गरिन् ।
कति सुरिलो स्वर उतिनै मिठामिठा गितहरु ती महिलाले गाएर सुनाएकि छिन् ।हाम्रो नेपाली गित संगितले यसरी अन्तर्राष्ट्रिय जगतमै तहल्का मच्चाउनु निश्चय पनि एकदमै गरिमा र गौरवको बिषय हो ।आजको यश शृङ्खलामा तिनै चेलिले गाएका दर्जनौ गित हरु पेश गर्दैछौ ।
हेर्नुस् भिडियो सामाग्री टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो । कतै घुम्नजादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरु पनि टिक–टक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् ।
नेपालमा फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटकको ट्रेण्ड लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र सम्वादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्वभर झण्डै १० करोडभन्दा बढीले प्रयोग गर्ने गरेका छन् ।
टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । घर–घरमा कलाकार छन् भन्ने कुरा टिकटकले प्रमाणित गरिदिएको छ ।
टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला सञ्चारगृहको साथको जरुरी छैन भन्ने टिकटकले पुष्टि गरेको छ ।
नेपालमा पनि टिकटकमा गरेको अभिनयबाट चर्चामा आएका रेश्मा घिमिरे, सुपुष्पा भट्टाई, अम्रिता गुरुङ, एभिलिना खड्का, मन्जिल बस्नेत, प्रियंका सिंह, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा आदि त उदाहरणको लागि केहि नामहरुमात्र हुन् ।
त्यसो त ठूलो पर्दामा गनिएका र राम्रो चलेका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममासमेत देखिन थालेका छन् ।
कुनै गीत हिट भयो या भएन भन्ने संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिने गरेको छ । पहिला नचलेका गितहरु पनि टिकटकको कारण पछि चर्चामा आएका छन् ।
नेपालमो ख्याती कमाउन सफल मानिएका नायीका प्रियंका कार्की, वर्षा राउत, आँचल शर्मा, पुजा शर्मालगायतले टिकटक एप्स मार्फत भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । नायिकाका मात्र होइनन् नायकहरुमाझ पनि टिकटक निकै पपुलर (लोकप्रिय) हुँदै गएको छ ।
