आमाले रुँदै भनिन् : मैले बुहारीको औँठी चोरेको छैन छोरा … २ मिनेट समय दिएर अवश्य पढ्नुहोला

एकदिन बेलुकापख मेरो श्रीमतिले औंठी चोरेको आरोप पटक -पटक मेरो आमालाई लगाउँदै थिईन । र म उनलाई चुपलाग भनेर सम्झाईरहेको थिंए । तर मेरो श्रीमती चुप रहनै मानिनन र उनले झन चर्को स्वरमा सराप्न थालिन। मेरो बाबाले दिनुभएको त्यो औंठी , यहीनेर राखेकी थिंए ,तपाई र म भन्दा अरु कोही यो कोठामा आएको पनि त छैन। यो औंठी तपाईंको आमालेनै चोरेको हुनुपर्छ।

जब म यो कुराले सहन सकिन तब मैले उनलाई एक झापड लगाइदिए.., । अहिले भर्खर तिन महिना त भयो नि तिमीसंग बिबाह गरेको , तिमिले के चिनेकी छौ मेरो आमालाई ? मेरो हातको झापड दह्रो थियो र उनले सहन सकिन र घर छाडेर माइत जान लागिन ” जाने क्रममा उनले मतिर हेरेर भनिन्: सन्तोष , तपाइँलाई आमाको यतिधेरै बिश्वास किन लाग्छ ? मैले भने: जब म सानो थिंए ,सानैमा बुबा बितेकाले मेरी आमाले छिमेकीको घरमा गएर झाडु पोछा अनि भॉडा माझेर केही पैसा कमाउनु हुन्थ्यो त्यसले एकछाक रोटी पाक्ने गर्थ्यो ।

आमा एकथालीमा मलाई रोटी निकालेर दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो ,मेरो खाना यो डिव्वामा छ , म पछी खान्छु तिमी खाऊ । म पनि सधैं आधि रोटी खाएर भन्ने गर्थें कि आमा मेरो पेट टन्न भयो अब खान सक्दिन ।”

म खेल्न गए है , यही भनेर दिनहुँ निस्कन्थें र भान्सा पछाडीको झ्यालबाट हेर्थें । ” आमाले राखेको डिव्वामा केही हुँदैनथ्यो मैले छोडेको जुठो रोटी खानुहुन्थ्यो र मलाई यसरीनै पालेर हुर्काउनु भयो। आज म दुई रोटी कमाउने भएको छु । तर यस्तो कसरी भुल हुन्छ मेरो आमावाट तिम्रो औंठी चोर्नुपर्ने ,

अझै आमाले त्यो कलिलो उमेरमा पनि आफ्नो ईच्छालाई मारिन भने , त्यो आमालाई तिमी औंठी चोरीको आरोप ?

कसरी चोर्न सक्नुहुन्छ र यो म सोंच्न पनि सक्दिन “तिमी तिन महिनादेखी मसंग छौ ,मैले त आमाको तपस्यालाई बिगत २५ बर्षदेखी नजिकबाट देखीरहेकोछु ।

मेरो यि कुरा आमाले पनि सुन्नुभएको रहेछ। मेरो यो कुरा सुनेर ढोका पछाडि उभिएर आमाले रोएको आवाज सुने र म त्यतै गए आमाले मलाई रुँदै न्यानो अंकमाल गर्नुभयो।

त्यो औंठी हराएको दिन मेरो आमालाई चोरीको दोष लगाउँदा नराम्रो लागिरहेको थियो । बाबू सन्तोष , म चोर होईन मलाई चोरिको आरोप नलगाऊ , त्यो दिन मेरो आमाले हात जोड्दै म संग यस्तै भन्नुभएको थियो ।

मैले आज सम्म ठुलो मान्छे रोएको कहिल्यै देखेको थिईन,ति मेरो आमा रुँदा मेरो मन थामेन म अंकमाल गर्दै रुन थालें। मेरो श्रीमती ठुला-ठुला ऑखा पल्टाएर छड्के नजरले हेर्दै थिइन।

हो आमा हजुर चोर होईन मैले आमाको पटुकीमा समातेर यही भनिरहें ।
आज मलाई बालापनको धेरै याद आएको थियो, मेरो बुवा सानैमा बितेकाले मेरो आमाले मलाई मेरी खुशीको लागी पहिलो चोटी घोडा बन्दै आफ्नो पिठ्युँमा राखेर हसाउनु भएको थियो।

आमाको पिठ्युमा चढ्दा खेरी आकाशै छोएझै लाग्थ्यो,म धेरै पटक मेरो आमालाई घोडा बन्न भनेर कराउँथे मेरो आमा हॉस्दै त्यो दिनभरीको अरुको भॉडा माझेर थाकेको सरिरमा पनि नाई कहिल्यै नभन्ने मेरो आमा आज मौन हुनुहुन्थ्यो।

म निकैबेर मेरो आमालाई हेरीरहें ,त्यति हसिली मेरो आमा किन मौन हुनुहुन्थ्यो सायद उहाँले मलाई पनि दोषी सम्झनुहुन्थ्यो होला।
एकाएक समाजका नाईकेहरु र अरुकेही हुलहरु मेरो घर आए। कतिले मेरो आमालाई यसको त नियतमा पहिल्यै शंका लागेको कुरा बताए । कतिले यो टोकोई हो यसले पोई पनि टोकी।

“मेरोआमा रोइरहनुभयो मेरो श्रीमती मेरो घरमा दुलही बनी भित्रीएको ३महिना पनि भएको थिएन उनले समाजकै पक्ष लिएर बोल्दै थिइन्।
मैले समाजलाई ठाडो चुनौतिदिंदै भने: यो हाम्रो घरको निजि मामला हो , तिमीहरुको बोल्ने कुनै हक छैन ,जाओ कसैको हेल्प चाहिंदैन ,मैले यतिभनेपछी सबै फर्किए। मैले रिसको झोंकमा श्रीमतीलाई दुई चड्कन लगाए तैले गर्दानै यो सबै भयो ,शत्रुहरु सबै हाँसे।

समय सधैं एकनाशले चल्दैन मेरी श्रीमती गर्भवती भएकी थिईन,भोलिपल्ट चक्कर लागेर ऑगनको छेउमा ढलिन, त्यतिखेर म घरमा थिईन बिशेष कामको लागी घरबाहिर थिंए ।

गाउमा एम्वुलेन्स थिएन मेरो बुढी आमाले डोकोमा बोकेर स्वास्थचौकी’सम्म पुर्याउनुभयो र उनको जिवनको रक्षा गर्नुभयो त्यो दिन मेरो आमातिर उनले हेरेर भनिन: आमा सरी मैले हजुरलाई चिनिन मैले ठुलो आरोप लगाए । आज मेरो आमा हाँस्नु भएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post