आजको कोरोना अपडेट : संक्रमित हुने भन्दा निको हुने धेरै

मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९०३ जनाको परीक्षण गर्दा ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार १२ हजार २ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ३७० जना र ५ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १०२ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको मुल संख्या ६ लाख ६ हजार १५५ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १७ हजार ९०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३२ लाख ३० हजार ९१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ९२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ९९०

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post