शरीरका अनावश्यक रौँ हटाउन चाहनुहुन्छ ? यी घरेलु उपायको प्रयोग गर्नुहोस्

कठमाडौँ । अहिले देशका अधिकांश ब्यूटी पार्लर बन्द छन् । घरबाहिर निस्कन पनि मुस्किल छ । तर शरीरमा अनावश्यक रौं आएर हैरान हुनुहुन्छ ? त्यसो हो भने चिन्ता नलिनुस्, ब्यूटीसियन नीरु श्रेष्ठले घरमै अनावश्यक रौं हटाउने केही उपाय दिएकी छिन् । उनको सुझाव यस्तो छः

घरमै ट्वीजडको सहारामा अनावश्यक रौं हटाउन सकिन्छ । टुइजर्डबाट रौं हटाउनाले अधिक दुखाइ हुनेछ, छाला पनि रातो हुनेछ तर यसलाई रोक्ने उपाय पनि छ ।

त्यसका निम्ति, आइब्रो गर्नुअघि तल्लो सतहमा पाउडर लगाउनुहोस् र आइब्रो गरिसकेपछि मज्जाले मोइश्चराइजरले ३ देखि ५ मिनेट मसाज गर्नुहोस् । यो १५ देखि २० दिनको अन्तरालमा मात्रै गर्नुहोस् । छिटो छिटो गर्दा छालामा चाउरी पर्ने सम्भावना हुन्छ।

घरमा मोम स्ट्रिपहरू छन् भने, तिनीहरूलाई सानो टुक्रामा काट्नुहोस् र अनावश्यक रौंहरु हटाउनुहोस् । विशेष गरी ओठको माथिल्लो भागको रौं हटाउने यो सहज तरिका हो । यसले अप्पल लिपमा भएका अनावश्यक रौंहरु सजिलैसंग सफा पारेर निकाल्न मद्धत गर्छ । यो प्रयोग गर्नुअघि एकपटक प्याच परीक्षण भने गर्नु जरुरी छ ।

Post a Comment

Previous Post Next Post