माछा पोखरीमा कुलो थुन्न जादा श्रीमानलाई बाढीले बगायो छोरालाई अंगालोमा बेर्दै गरिन बिलौना

काठमाडौं। मंगलबार साँझ आएको भिषण बाढी र पहिरोमा परि सिन्धुपाल्चोकमा कम्तिमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् । मृ’तकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए।

मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले ठुलो क्षति गरेको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिए । मेलम्ची खोला उर्लिंदा मेलम्ची बजारमा डुबेको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र दर्जनौ घर बगेको विवरण आएको छ।

सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । सेनाको हेलिकप्टर मार्फत त्यहाँ उद्दार भएको छ । खोलामा अझै पनि पानीको बहाव नघटेकोले सतर्कता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। खोलामा बाढी आएको थाहा पाएपछि माधव भण्डारी खोलामा माछा पोखरीमा आउने कुलो थुन्न जादा बाढीले बगाएको श्रीमतीले भावुक हुदै सुनाएकी छन।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post