६ अर्ब बढीको आइपीओ आउँदै : कुन-कुन कम्पनीमा लगानी गर्ने ?

अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपीओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ । यसअघि खुलेका कम्पनीमा परेको आवेदनले पनि यसलाई पुष्टि गरेको छ ।


अझ कम्पनीहरुले जारी गर्ने साधारण सेयरमा त १८ लाखसम्मले आवेदन दिन थालेका छन् । यद्यपि यो संख्या दोस्रो बजारमा भने ६ लाखको हाराहारीमा छ । सानो लगानीमा पनि राम्रो मुनाफा आर्जन गर्न सक्ने भएकाले पछिल्लो एक वर्षमा यो संख्या उल्लेख्य रुपमा बढेको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार अहिले १७ वटा कम्पनीका करिब ६ अर्ब रुपैयाँबराबरको आइपीओ पाइपलाइनमा रहेका छन् । बोर्डबाट स्वीकृतिको पर्खाइमा १७ कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँ बराबरका ५ करोड ९६ लाख कित्ता सेयर निष्कासनका लागि अनुुमतिको पर्खाइमा रहेको छ ।

सबैभन्दा बढी हाइड्रोपावर कम्पनी

बोर्डका अनुसार सबैभन्दा बढी हाइड्रोपावर कम्पनीका १३ कम्पनी रहेका छन् । जसमध्ये मध्यभोटेकोसी जलविद्युत् कम्पनीको भने कोभिड–१९ का कारण स्थगित भएको छ ।

हाइड्रोपावर कम्पनीअन्तर्गतको १३ कम्पनीको जम्मा ५ करोड ४५ लाख कित्ता सेयर निष्कासनको पर्खाइमा रहेका छन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा धेरै मध्यभोटेकोसी जलविद्युत् कम्पनीको १ करोड ५० लाख कित्ता सेयर यसअघि बोर्डमा स्वीकृत भएको भए पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण हाललाई स्थगित गरिएको छ । प्रक्रियामा रहेका साहस ऊर्जा हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, अप्पर सोलुु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, मानुुषी लघुवित्त, दोर्दी खोला रहेका छन् भने बोर्डबाट कागजपत्र मिलाउने प्रक्रियामा रहेको हिमालयन हाइड्रोपावर, देश मिडिया नेटवर्क, बुुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, बलेफी हाइड्रोपावर, ग्रिनभेन्चर रहेका छन् ।

त्यस्तै, रिप्लाई एन्ड अन्डर रिभ्युमा रहेका मैलुुङ खोला जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर, जीवन विकास लघुवित्त, सामलिङ पावर कम्पनी रहेका छन् ।

यस्तै फाइनान्स कम्पनी ३ र ‘अन्य’ १ कम्पनी अनुमतिको पर्खाइमा रहेका छन् । फाइनान्सका ३ कम्पनी २७ लाख ६० हजार कित्ता सेयर निष्कासनको पखाईमा रहेका छन् । ‘अन्य’अन्तर्गत डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार कित्ता सेयर निष्कासनको पर्खाइमा रहेको छ ।

नेपाल धितोपत्र बोर्डले भने निषेधाज्ञाभर कुनै पनि कम्पनीको सेयर निष्कासनका लागि बिक्री आह्वानपत्र जारी नगर्ने भएको छ । बोर्डका अनुसार निषेधाज्ञालगत्तै केही कम्पनीको आइपीओ निष्कासन हुनेछ ।
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post