आज बिहीवार ह्वात्तै घट्यो सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार

बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post