गाँजा खानु हुन्छ होसियार गाँजाले मुटुमा यस्तो क्षति पुर्याउँछ


काठमाडौँ । गाँजाका सेवनको अनेकौँ लाभ हुन्छ भनेर हामीले बेला बेलामा सुनिरहेका छौँ । तर गाँजा सेवनलाई बानी नै बनाउनु भने जोखिमरहित नभएको नयाँ अध्ययनले देखाएको छ ।

नियमित रूपमा गाँजाको सेवनले हर्ट अट्याक र हर्ट स्ट्रोक जस्ता मुटुसम्बन्धी समस्याहरुको जोखिम ह्वात्तै बढाउने अमेरिकन हर्ट एशोसियशनले गरेको एउटा अध्ययनले देखाएको छ । अध्ययनको नतिजा अनुसार गाँजा सेवन यसअघि हामीले सुनेको वा आशंका गरेकोभन्दा पनि धेरै चिन्ताकारी छ । खासगरी नियमित रूपमा सेवन गरिरहेकाहरु र दीर्घ स्वास्थ्य समस्या भएकाहरुका लागि ।

दिनहुँ गाँजाको प्रयोगले हार्ट फेलियरको जोखिम बढाउने

एउटा अध्ययनमा बाल्टिमोरस्थित मेडस्टार हेल्थले १ लाख ५६ हजार ९९९ जनाको डेटा हेरेको थियो । यस क्रममा कहिले पनि गाँजा नखानेको तुलनामा दैनिक रूपमा गाँजा सेवन गर्नेमा हर्ट फेलियर हुने जोखिम ३४ प्रतिशत उच्च पाइयो स्वास्थ्य समस्या भएर गाँजा सेवन गर्नै पर्ने बाहेकको कुनै पनि रूपमा गरिने सेवनलाई अध्ययनमा गाँजा प्रयोग भनेर भनिएको थियो । गाँजाले स्वास्थ्यमा कसरी असर पुर्‍याउँछ भने अध्ययनले थप प्रमाण दिएको अध्ययनका लेखक तथा मेडस्टारमा डाक्टर याकुबु बेन–अल्हासानले भनेका थिए ।

यो अध्ययनले गाँजा प्रयोगबारे थप अध्ययन गर्न अनुसन्धानकर्ताहरुलाई प्रेरित गरेको उनी बताउँछन् । अर्को अध्ययनले भने वृद्ध वयस्कहरुमा गाँजाको प्रयोगले स्वास्थ्य समस्या झनै बढाउने देखाएको थियो ।

गाँजा प्रयोगको लत लागेका बिरामीहरूमा हृदय वा मस्तिष्कघात हुने सम्भावना उच्च पाइएको थियो । गाँजाको दीर्घकालीन प्रयोगले स्वास्थ्यमा पार्न सक्ने असरहरु अहिलेसम्म स्पष्ट भइसकेका छैनन् । यद्यपि, यसले गाँजाको प्रयोग र मुटुको स्वास्थ्यबारे सतर्क हुनु पर्ने देखाएको छ ।।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post