टिमुर सेवन गर्ने गर्नु भएको छ ? यति धेरै रोगको लागि टिमुर यस्ता हुन्छन् औषधीय गुण ,यस्तो छ प्रयोग गर्ने तरिका

भान्सामा प्रयोग हुने टिमुरबारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । टिमुर स्वादका लागि मात्र नभइ ओखतीको रुपमा समेत काम गर्छ ।

टिमुर के हो ? नेपालको महाभारत पर्बत शृंखलाको १२०० देखि २५०० मिटर सम्मको उचाईमा पाइने टिमुरका बोट खुला तथा पाखो बारीमा उम्रिएका हुन्छन् । यसको व्यावसायिकरुपमा समेत खेती गर्ने गरिएको पाइन्छ । बोट भरीनै केही चेप्टो परेको तीखो काढाहरु हुन्छन्। टिमुरको डाँठको दुबैतिर स-साना दुई देखि छ जोडी सम्म तीखो टुप्पो भएका पातहरु पलाएका हुन्छन् ।

टिमुरको फल स-साना, राता, चार देखि पाँच मिलीमिटर ब्यासका हुन्छन। फलको स्वाद तितो, पिरो, हुनुका साथै जिब्रो पर्पराउने हुन्छ । यी फलहरुबाट वास्ना पनि आउँछ। काँचोमा हरियो हुने यसको फल पूर्णरुपमा पाकीसकेपछि रातो रङ्गमा परिणत हुन्छ । धेरै पाकेमा फल आफै फुट्दछ र फल भित्रको कालो रङ्गको बियाँ बाहिर निस्किन्छ।

Post a Comment

Previous Post Next Post