आफ्नै नातिले हजुरबुवाको हत्या गरे पछि ...

पर्साको ठोरी गाउँपालिका-२ गौतमनगरको डाँडाटोलमा आइतबार नातिले हजुरबुबाको हत्या गरेका छन् । ३६ वर्षीय नाति कृष्णबहादुर खड्काले आफ्ना मामाघरका ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामाको हत्या गरेका हुन् ।

दिउँसोको ३:३0 बजेतिर नाति खड्काले कोदो कुटेकै लाठोले हानेपछि हजुरबुबा बेहोस भई लडेका थिए । बेहोस भएका लामालाई उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

हजुरबुबा लडेपछि भागेका खड्कालाई स्थानीयको सहायताले नजिकैको सिसौघारीमा लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राईले जनाए ।

लामाको शव पोस्टमार्टमको लागि वीरगन्ज पठाइएको छ । नियन्त्रणमा लिइएका खड्कालाई इप्रका ठोरीको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरी निरीक्षक राईले बताए ।

Post a Comment

Previous Post Next Post