विद्यालयमा मृत भेटिए प्रधानाध्यापक


सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह मृत भेटिएका छन्।प्रअ साह विद्यालयभित्रै मृत भेटिएका हुन्।

विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा आइतबार साह मृत भेटिएको प्रहरीले जनाएको छ।मिर्चैया नगरपालिका वडा नम्बर ६ घर भएका साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि खोजी गरिएको थियो।

साहको शव विद्यालयमै फेला परेको हो। उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post