मलाई बचाएर मेरा नातिनातिनालाई किन लग्यौ भगवान् ?’


जाजरकोट / दाहसंस्कारका लागि घाटतिर शव लैजाँदा प्रायः महिला जाँदैनथे। त्यसैले जाजरकोटको नलगाड नगरपालिका-७ की दीपा परियार पनि यसअघि घाट जाने गरेकी थिइनन्।

कात्तिक १९ गते बिहान भने उनी पनि मलामीलाई पछ्याउँदै भेरी नदी किनारको चापाघाट पुगिन्।छरछिमेकीले त घरमै बस्न भनेका थिए तर उनको मनले मानेन। किनकि उनका १८ महीने नातिलाई पनि चापाघाट लगिंदै थियो।

बाटोभरि चूपचाप रहेकी उनले चापाघाट पुगेपछि भने डाँको छोडिन्। “मलाई बचाएर मेरा नातिनातिनालाई किन लग्यौ भगवान्?

डाँकोसँगै उनको यही प्रश्न दोहोरिरह्योकात्तिक १७ गते राति खानपिन गरेरै नातिनातिनी र बुहारीसँगै सुतेकी थिइन्। राति ११:४७ बजे गएको शक्तिशाली भूकम्पले घर त भत्कियो नै, उनका २६ र १६ वर्षका नातिनी र १८ महीनाका नातिको ज्यान गयो। बुहारी घाइते भइन्। उनी भने भूकम्पमा जोगिएकी थिइन्।नातिनातिनीलाई बिदाइ गर्न चापाघाट पुगेकी उनी धेरै बोलिनन्। दाहसंस्कार गरुन्जेल एकोहोरो हेरिरहिन्। भेरी नदी झैं एकनास बगिरह्यो आँसु।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post