पौडी खेल्न गएका एकै घरका दुई बालकको डुबेर मृत्यु

पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका वडा नं–७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो ।

मृत्यु हुनेमा गैँडाकोट–७, गैरी बस्ने सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय संगम कुमाल रहेका छन् ।
पानीमा डुबी बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट गएको प्रहरी र स्थानीयले खोजी गर्दा दुवै जनालाई उद्धार गरी तत्काल उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा सोमबार दिउँसो ४ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post