खोलामा डुबेर महिलाको मृत्यु

कैलालीमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ।लम्कीचुहा नगरपालिका–५ तिलकपुरकी ४० वर्षीया पुष्पा ढकालको खोलामा डुबेर मृत्यु भएको हो।

शनिवार दिउँसो लम्की–चुहा नगरपालिका–१ स्थित रोडा खोलामा डुबेकी थिइन्।

उनलाई उद्दार गरी टीकापुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post