वाग्मती नदीमा महिलाको शव फेला

लगातारको वर्षापछि वाग्मती नदीमा आएको बाढीले बगाएको अवस्थामा शुक्रबार साँझ एक महिलाको शव फेला परेको छ । अहिलेसम्म शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको प्रहरीले जनाएको छ।

गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । डिएसपी खनालका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो ।

‘हालसम्म शवको पहिचान खुलेको छैन,' उनले भने, ‘नुहाउन वा दाउरा खोज्न नदी किनारमा जाने क्रममा बगाएर मृत्यु भएको अनुमान गरेका छौं । लासको प्रकृति हेर्दा घटना आजकै हुनसक्छ । हामीले मृतकको पहिचानको लागि सूचना जारी गरेका छौं ।’


दिउँसो वाग्मती नदी छेउमा दाउरा बटुल्न गएका स्थानीय महिलाले डुबेको अवस्थामा शव देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर मुचुल्का गरेको हो । शव पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनायो

 ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post