खतरनाक युवती पक्राउ काम नै यस्तो गर्ने रैछन


साबिक पृथ्वीनगर- ४, हाल भद्रपुर नगरपालिका- २ की सङ्गीता जोगी प्रधान बहुविवाह मुद्दामा पक्राउ परेकी छिन् । उनलाई झापा कारागार भद्रपुर चलान गरिएको छ ।

झापा जिल्ला अदालतले २०७१ पुस ७ गते बहुविवाह मुद्दामा सजाय तोकेपछि ३२ वर्षीया जोगी फरार थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शनिवार पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि आइतबार झापा जिल्ला अदालतमा उपस्थित गराइएपछि कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post