घर देखि संपर्क विहिन भएका युवकको शव जंगलमा यस्तो अवस्थामा फेला पर्यो


मोरङको उर्लाबारी–७ का ६० वर्षिय गंगा बहादुर पौडेल गत भदौ ५ गते सोमबार साँझ ५ बजे घरबाट हाफ पाईन्ट किन्छु भनेर उर्लाबारी चौक निस्किएका थिए । पौडेल बेलुकासम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले उनको खोजी गरेको थियो ।

आफन्तले ईलाका प्रहरी कार्यालय उर्लाबारीमा मानिस हराएको निवेदन दिएर खोजी गरेतापनि उनी फेला परेका थिएनन् । भदौ ७ दिउँसो मंगलबारेस्थित सालबारी सामुदयिक वन क्षेत्रमा स्थानियले घाँस काट्न जाने क्रममा पौडेललाई मृत अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रहरीका अनुसार पौडेल फेला परेको स्थानबाट मेटाकोल ५० सहित नेपाली रुपैयाँ सय, पाँच र बिसका नोटहरु समेत छरिएको अवस्थामा फेला परेको जनाइएको छ । मृत अवस्थामा भेटिएका पौडेलले विष सेवन गरेर आत्महत्या गरे अथवा अन्य कारणले उनको मृत्यु भएको भन्ने तथ्य पोष्टमार्टम रिर्पोट पश्चात मात्र पुष्टि हुने प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागी उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । मृतक पौडेलकी श्रीमती मायादेवी कार्की पौडेलका अनुसार श्रीमान संखुवासभाको आखीभुँईमा ३६ वर्ष शिक्षण पेसामा रहेर अवकास प्राप्त गरेका थिए । उनका अनुसार अवकास पश्चात पौडेलले नेपाल सरकारबाट पाउने पेन्सन वापतको कागजपत्र निर्माणमा उनको नाममा त्रुटि भेटिएको थियो । श्रीमानको नागरिकतामा गंगा बहादुर पौेडेल क्षेत्री र शैक्षिक प्रमाणपत्रहरुमा गंगा पौडेल मात्र भएपछि पौडेलको पेन्सनपट्टामा समस्या उत्पन्न भएको मायादेवीले बताईन् ।

नाममा त्रुटि फेला परेपछि उनलाई नाम सच्चाउन भनेर किताब खानाले फर्कायो, किताब खानाबाट फर्किएर दुवै नामको व्यक्ति आफै भएको प्रमाणित गर्न उर्लाबारी–७ को वडा कार्यालय पुगेपछि वडाले दुवै नामको व्यक्ति एउटै भएको प्रमाणित गर्यो । तर त्यो प्रमाणित कागजातलाई जिल्ला प्रशासन कार्यालयले मान्यता नदिएपछि आफ्नो श्रीमान निराश भएर फर्किनुभएकोले उहाँमा पुनः पुरानो डिप्रेसनले गाँज्न थालेको थियो । उनी भन्छिन्–‘श्रीमानलाई औषधि गर्दै थियौँ, सोमबार घरबाट हिँड्नु भएको थियो तर आज यस्तो अवस्थामा भेट्यौँ ।

यस्तै मृतक पौडेलको नातामा सोलो पर्ने ईद्र बहादुर कार्कीले जिल्ला प्रशासन कार्यालय, मोरङका हाकिमले वडाको सिफारिस बोकेर भिनाजु पटक–पटक धाउदा समेत निराशा बनाएर फर्काइदिने गरेको कारण भिनाजुमा नैरश्यता छाउन थालेकोले भिनाजुले आत्महत्याको बाटो रोज्नुपरेको दाबि गरे । 
वडाले दिएको सिफारिस बोकेर पटक–पटक जिल्ला प्रशासन कार्यालय धाएतापनि प्रशासन कार्यालयले दुवै नामको व्यक्ति एउटै हो भन्ने सिफारिसलाई मान्यता नदिएपछि पौडेलको पेन्सन पाउने आशा मर्यो र अन्त्यमा उनले मृत्युको बाटो रोज्नुपरेको आफन्तको आरोप छ । मृतक पौडेलले शिक्षण पेसाबाट २०७९ फागुनमा अवकाश प्राप्त गरेको परिवारले जनाएको छ ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post