मोटरसाईकल दूर्घटनामा परि हर्कको गयो ज्यान

नारायणगढ–मुग्लिन सडक खण्डमा दूध बोक्ने ट्यांकरलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको दुर्लाङ–१ धौलागिरी बस्ने ५८ वर्षीय हर्क बहादुर सुनार रहेका छन् । 

हिजो दिउँसो करिब २ बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थितमा मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ग १६ प ६९६८ नम्बरको मोटरसाइकल बा प्र ०१–००४ क ०५७३ नम्बरको ट्यांकरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सुनारको चितवन मेडिकल कलेजमा उपचारको क्रममा करिब साढे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । मोटरसाइकल पछाडि सवार नुवाकोट शिवपुरी गाउँपालिका–६ बस्ने वर्ष २९ को सुबास तामाङ मध्यम घाईते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याङकर चालक भक्तपुर नगरपालिका–८ बस्ने वर्ष ४२ को दिपक लाखेमरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post a Comment

Previous Post Next Post