कर्णाली नदिमा डोजर खस्दा चालक बेपत्ता,२ जनाको मृत्यु

दैलेख:कर्णाली करिडोर स्थित रेगिल सडकखण्डमा स्काई भेटर डोजर नदिमा खस्दा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते ३ जना नदिमा बेपत्ता भएका छन । फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो ।

डोजर दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवाराज बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी सान्नित्रिबेणी १ कै नर गीरीका छोरा उमेस गीरी , सान्नित्रिबेणी १ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन । डोजरमा रहेका रास्कोट नगरपालिका ७ का मिलन शाही गम्भीर घाइते छन ।

घटनामा तीन जना घाइते भएका हुन ।घाइते खाडाचक्र ११ बरातुका बिबेक भारति र बिकास भारति पनि घाइते छन । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार र बेपत्ताको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले जानकारी दिए ।*

Post a Comment

Previous Post Next Post