कोहलपुरबाट आयो एकदमै दुःखद खबर

बाँकेको कोहलपुरमा शनिबार राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ ।नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका-११

निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए ।उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

Post a Comment

Previous Post Next Post