१० वर्ष प्रतिक्षापछि तिम्ल्याहा सन्तान एकैपटक ३ वटा छोरा पाए पछी ..

वीरगन्जको प्रभु अस्पतालमा एक महिलाले एकैपटक ३ वटा बच्चा जन्माएकी छन्। १० वर्षको प्रतिक्षापछि प्रभु हस्पिटलमा सन्तान प्राप्तिका लागि उपचाररत ललिता देवीले सोही अस्पतालमा बच्चा जन्माएकी हुन्।

पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नं. ९ का वृज चौधरी कि श्रीमती ललिता देवी थरुनी आइभीएफ प्रविधि प्रयोग गरेर गर्भधारण गरेकी थिइन्। आइतबार एकैपटक ३ वटा छोरा पाएकी हुन्। १० वर्षदेखि विभिन्न अस्पताल उनले सन्तान पाउन उपचार गराएकी थिइन्।

सफलता नपाएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो। आर्थिक अवस्था कमजोर भएका थरुनीलाई अस्पतालले चिकित्सक समूह खटाएर शल्यक्रिया गरी सकुशल बच्चा निकलेको थियो।

अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.लक्ष्मी थापाको टिमले शल्यक्रिया गरेर तीनवटै बच्चा पाउन सफल भएको हो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post