दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई कुटपिट गरे पछि ...

दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गरुडा नगरपालिका ५ का रोशनकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती प्रियादर्शनीले प्रहरीमा जोहरी दिएपछि गुप्ताका परिवारविरुद्ध अदालतमा मुद्दा चलेको थियो । त्यसपछि गुप्ता फरार भए । उनले विवाहमा ३० लाख भारु लिएका थिए । विवाहपछि कार मागेका हुन् ।

तर दिन नसकेपछि गुप्ताका परिवार मिलेर प्रियादर्शनीलाई कुटपिट र यातना दिएको आरोप छ ।जिल्ला प्रहरीले फरार गुप्तालाई बिहीबार साँझ पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

गुप्ताले भारत विहार शिवहर जिल्ला पिपरा थाना बसहिया गाउँका २४ वर्षीया प्रियादर्शनीसित २०७७ मंसिर १० मा विवाह गरेका थिए ।जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल मल्लले गुप्तालाई अदालत पेस गर्ने तयारी भइरहेको बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post