११ जना पक्राउ गर्ने रहेछन यस्तो गर्ने नहुने काम

काठमाडौं / झापा, धनुषा, सुर्खेत, धादिङ, सुनसरी, मोरङ र पर्साबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित सडकबाट एक ग्राम खैरो हिरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने ३७ वर्षीय युशुफ सुब्वा लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।धनुषाको मिथिला बिहारी नगरपालिका–२ बस्ने २१ वर्षीय शिव महरालाई नियन्त्रित लागूऔषधसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट स्पास्मो ४६ ट्याब्लेट, एन्टीकप १८ ट्याब्लेट, प्रि वेल ९५ ट्याब्लेट, सुनको मंगलसुत्र १ थान, चाँदीका विभिन्न सरसामान र नगद ७४ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध, सामानहरू र नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ हिलेखालीबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ डेरा गरी बस्ने दैलेख घर भएका ३१ वर्षीय रबिन शाहीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेबाट ९ केजी गाँजासहित गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ३० वर्षीय ललित तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले प्र.३–०२–०११ प ४९३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछ एवं अनुसन्धानको क्रममा घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ आडा लाइनबाट १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ३२ वर्षीय निश्चल बुढाथोकीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।मोरङको पथरीशनिश्चरे नगरपालिका–९ जिरी टोलबाट ६ सय मिलिग्राम ब्राउनसुगर, नियन्त्रित लागूऔषध ट्रामाडोल ४८ चक्की र स्पासपेन ८५ चक्की सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मिलन बहादुर भण्डारी र २० वर्षीय अभिशेक लिम्बु रहेका छन् । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाईलेक्स डिसी ६१ बोतल सहित भारत घर भएकी ३५ वर्षीया उमा देवी धानुकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post