एक महिनाबाट योजना, प्रहरी देखेर भाग्न खोज्दा पक्राउ

धराने साहु भनिने वीरेन्द्र भगत श्रेष्ठको घरमा चोरी गर्ने क्रममा परिवारका तीन जनालाई घाइते बनाई उनीहरू फरार रहेका थिए। आरोपितहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले बिहीबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिलिचोङ गाउँपलिका-१ का ४२ वर्षीय नन्दुराज राई, ३४ वर्षीय जगत राई र सिलिचोङ-३ का २३ वर्षीय अंकित राई रहेका छन्।

उनीहरूले गत मंगलबार राति पसल भएको घरभित्र पसेर वीरेन्द्रको श्रीमती तारादेवी, छोरी निता र छोरा सन्दीप भगतलाई आक्रमण गरी घाइते बनाएका थिए।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ। मंगलबार राति २ बजेतिर घरको ढोका फुटाएर भित्र छिरेका थिए।

छोरा सन्दीपले ढोका खोल्नासाथ चोरी गर्न आएकाहरूले उनलाई आक्रमण गरेका थिए। आक्रमणपछि सन्दीप चिच्याउन थालेपछि उनकी आमा र दिदी आइपुगे।आमाछोरीलाई पनि रडले आक्रमण गरेको प्रहरीले जनाएको छ।

उनीहरू चिच्याएपछि चोरी गर्नेहरू भागेका प्रहरीले जनाएको छ। फरार रहेका उनीहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।चोरीमा संलग्न नन्दुराजको मोबाइल घटनास्थलमा नै छोडिएका कारण उनीहरूलाई पक्राउ गर्न सहज भएको डिएसपी गोदारले बताए।

डिएसपी गोदारले भने- 'मुख्य योजनाकार नन्दुराज ठेकेदार रहेको र पैसाको अभाव भएपछि उनले एक महिना अघिबाट चोरीको योजना बनाएको खुलेको छ।'


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post