बैतडीमा बालबालिकासहित ५४ जना सवार रहेको बस दु,र्घटनामा परेको छ । महेन्द्रनरबाट बैतडीको मेलौली गइरहेको पवनदुत यतायातको ना ७
ख २५७० नम्बरको रात्रीबस दशरथचन्द राजमार्गको पाटन नगरपालिका ८ स्थित हरिचन मोडमा दुर्घटना भएको हो ।बस शुक्ररबार बिहान करिब ४ बजे दु,र्घटनमा परेको खोडपे प्रहरी चौकीका प्रमुख ऐन बहादुर पालले जानकारी दिए । बसमा सवार सबै सकु शल रहेको उनले बताए ।
केहीलाई समान्य चोट पटक लागेको भए पनि उनीहरुको सिद्धेश्रवर स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।बस सडकबाट अन्दाजी १० मिटर तल खसेको छ ।