ढुंगा सहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध

ढुंगा सहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध भएको छ।मंगलबार बिहान ८ बजे बुटवल र पाल्पाको सीमा क्षेत्र तल्लो सिद्धबाबा नजिक ढुंगा सहितको पहिरो झरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ तल्लो सिद्धबाबानजिक पहिरो झरेपछि सडक अवरूद्ध भएको हो।

अहिले डिभिजन सडक कार्यालय पाल्पाले पहिरो हटाएर सडकको आवतजावत गराउन पहल गरिरहेको जनाएको छ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post