श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी मन्जुको उपचारका क्रममा निधन !

श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी ४२ वर्षीया मन्जु दमैको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको पुतलीबजार नगरपालिका-८ स्थित घरमा ४० वर्षीय गोपाल दमैले भदौ १४ गते दिउँसो २ बजे उनलाई कुटपिट गरेका थिए।

टाउकोमा गम्भीर चोट लागेपछि अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।गम्भीर घाइते मन्जुलाई स्थानीयको सहयोगमा उपचारका लागि स्याङ्जा अस्पताल पुर्‍याइएको थियो।

उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि मणीपाल अस्पताल पोखरा रिफर गरिएको थियो।उ पचारका क्रममा भोलीपल्ट भदौ १५ गते मृत्यु भएको र उनका श्रीमान् गोपाललाई १६ गते पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। दमैलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।*

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post