डाँका समूह र प्रहरीबीच झडप, एक प्रहरी घाइते

वीरगन्ज पथलैया औद्योगिक करिडोरको भलुहीमा स्थित ग्याँस सिलिण्डर उद्योग एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच दोहोरो झडप भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको झडप हुँदा एकजना प्रहरी घाइते भएका छन् ।मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न पुगेको खबर पाएपछि।

प्रहरी पुगेर रोक्न खोज्दा दोहोरो भीडन्त भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र वोगटीले जनाएका छन् । प्रहरी कारवाहीमा दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ।

दोहोरो झडपका क्रममा डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो । प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बोगटीले जनाएका छन् ।

घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक-एक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुईजना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ । शनिबार मध्यरातमा १२÷१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योगमा पसेका थिए ।

डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो । डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गर्दा उनी घाइते भएको प्रहरीले जनाएको छ ।

शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको छ । पक्राउ परेका दुईजनाको भने नाम सार्वजनिक गरिएको छैन । औद्योगिक सुरक्षा बलको रुपमा औद्योगिक करिडोरमा खटाईएका सशस्त्र प्रहरीलाई सरकारले हटाएपछि पुनः औद्योगिक करिडोर असुरक्षित हुन थालेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post