सिस्नु पानी नेपालले छोरीहरूका पर्व तीजका अवसरमा नेपाली महिलाको गरिमा गायन गर्ने उद्देश्यले छोरी नाम क कार्यक्रम सम्पन्न गरेको छ।राष्टझपति विद्यादेवी भण्डा रीको समुपस्थि तमा नेपाल प्रज्ञा प्रतिष्ठानकोप्रेक्षालयमा सम्पन्न कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका छोरी (महिला)।
को सहभागिता थियो। थोरै हास्यव्यंग्य र धेरै करुणाका प्रस्तुति रहेको कार्यक्रममा छोरीहरूका सांगीतिक प्रस्तुतिदेखि लिएर कविता र गायन प्रस्तुत गरिएको थियो।छोरा र छोरी समाजका परिपूरक हुन् भन्ने भाव झल्कने कार्यक्रममा केही पुरुष प्रस्तोता पनि रहेका थिए।कार्यक्र ममा तल्लो भागको ठूलो मूख्य प्रेक्ष्यालयमा छोरीहरू मा त्र उपस्थिति राखेर महिलाको कदर गरिएको थियो।
भनेमन्त्री, सांसद, सिइयो, लेखक, .उद्योगी, व्यापारीलगा यत सबै पुरुषलाई माथि बाल्कोनीमा राखिएको थियो। कार्यक्रममा १२ जना छोरीले शास्त्रीय संगीत, १८ जना छोरीलेनौमती बाजा र ३४ जना छोरीले बाँसुरी वादन प्रस्तुत गरेका थिए।
कवि कुन्ता शर्मा, मोमिला जोशी, भावना शर्माको कविता तथा अञ्जु पन्तले गीत प्रस्तुत गरेको कार्यक्रममा पुरुष प्रस्तोतामा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदन कृष्ण श्रेष्ठको छोरीसम्बन्धी चोटिलो रकारुणिक प्रस्तुतिले दर्शकलाई हँसाएको थियो भने कलाकार मनोज गजुरेलले आप्नी आमाको अभिनय गरेर दर्शकलाई भावुक बनाएका थिए।
एकल महिलाको पीडा छल्कने उनको कारुणिक प्रस्तुतिले प्रतिष्ठानको प्रेक्षालयलाई भावुक बनाएको थियो।कवि अर्जुन पराजुली र लक्ष्मण गाम्नागेले कविता प्रस्तुत गरेको कार्यक्रममा कार्यक्रमका संयोजक टंक आचार्यले भावुक लेख प्रस्तुत गरेका थिए।
सुगारिका केसी र सरोज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा पूर्वसभामुख,मन्त्री, सांसद, न्यायाधीश, कलाकार, पूर्वप्रधान मन्त्री पत्नी, लेखक, पत्रकार, विद्यार्थी नेता, बैंकका सिईओ, सुरक्षा निकायका पदाधिका रीलगायत सर्वसाधारणको बाक्लो उपस्थितिले खचाखच बनेको प्रेक्षालय छोरीका दु :ख, सुख र वीरता झल्कने तस्वीरले सुन्दर बन्न पुगेको थियो।
हेर्नुहोस् भिडियो