
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा सोमबार बेलुका बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
दमौलीबाट कर्मचारी लिएर पोखरातर्फ जाँदै गरेको ग १ ख ४०२३ नम्बरको बस दुर्घटना हुँदा १० जना घाइते भएका हुन्। दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।