साथीले ह'त्या गरेको बताएपछि खोलामा शव खोज्दै प्रहरी


इटहरी । सुनसरीको दुहबी नगरपालिका– ६ का एक युवक बेपत्ता भएका छन् । शुक्रबारबाट १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् । उनको अवस्था अझै अज्ञात छ । हत्या गरी फालेको आशंकामा प्रहरीले बुढीखोलामा शव खोजिरहेको छ ।

बेपत्ता भएका युवकको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले भने उनको हत्या गरेको बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार शुक्रबार नै हत्या गरेर बुढीखोलामा गाडेको बयान दिएपछि प्रहरीले खोला आशपास शव खोजिरहेको हो ।

प्रहरी स्रोतका अनुसार मियाँसँग सम्पर्कमा रहेका तीन जना आइतबार दिउँसो पक्राउ परेका थिए । पक्राउ परेकाहरुले शव बुढीखोलाको पुल मुनी गाडेको बताएपछि प्रहरी राति नै शव खोज्न खोला पुगेको थियो । राति खोजी गर्ने क्रममा खोलामा मियाको कपडा भेटिएको थियो ।

राति एक्कासी बाढी आएपछि खोजी गर्न सकिएन्,’ प्रहरी स्रोतले भन्यो,‘ बयानका आधारमा खोला आसपास खोजी गरिरहेका छौं ।’सोमबार बिहान बाढीले शव बगाएको हुनसक्ने आशंकामा प्रहरी र स्थानीयको टोलीले खोलामा खोजी गरेको थियो । तर बेपत्ता युवक नभेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जसिंह थापाले जानकारी दिए 

‘शुक्रबारबाट हराएका रहेछन्, शनिबार प्रहरीमा खबर आएको थियो,’ उनले भने,‘ शंकास्पद व्यक्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं, बेपत्ता युवकको खोजी जारी छ ।’ युवक नभेटिएसम्म थप विषय भन्न नसकिने उनले बताए । ‘संकास्पद ठाउहरुमा हामीले खोजीगरिरहेका छौं ।’ उनले भने । प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका युवक मध्ये दुई जना दुहबी नगरपालिका– ६ र एक जना मोरङको बुढीगंगा गाउँपालिकाका हुन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post