बालेन शाहको मत चार हजारनजिक, स्थापित झण्डै दोब्बरले पछाडि...

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्।

साँझ ७ बजेको मतपरिणामअनुसार शाह एमाले उम्मेदवार केशव स्थापितभन्दा १८३८ मतले अगाडि छन्।

शाहले ३ हजार ८३४ मत प्राप्त गरेका छन्। स्थापितले भने १ हजार ९९६ मत प्राप्त गरेका छन्।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ८०२ मत प्राप्त गरेकी छन्।

उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलले तेब्बर अग्रता बनाएकी छन्। उनले ३ हजार ३८४ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत प्राप्त गरेका छन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post