स्वर्गद्वारी तीर्थस्थल पुगेर फर्किँदै गरेका तिर्थ यात्री चढेको बस दुर्घटना हुँदा....

सर्लाहीमा तिर्थ यात्री चढेको बस दुर्घटनामा परेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा बस दुर्घटना भएको हो । घटनामा चालक सहित २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्युठानको स्वर्गद्वारी तीर्थस्थल पुगेर फर्किँदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस फुलजोर चोकमा अनियन्त्रित भएर पल्टिएको थियो।बसमा ३२ यात्रु थिए । उनीहरु मोरङस्थित पारिश्रमिक सहकारी संस्थाका सदस्य रहेको प्रहरीले जनाइको ।

सहकारीले आफ्ना सदस्यहरुलाई मन्दिर घुमाउन लगिएको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।घटनामा परेका अन्य ९ जना सकुशल रहेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते भएकालाई जनकपुर र बिराटनगर रेफर गरिएको छ भने अधिकांश घाइतेको लालबन्दीमै उपचार चलिरहेको छ ।घाइते चालक प्रहरीको सम्पर्कमा नरहेको र उनको कतै उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले बसका मालिक भने सम्पर्कमा रहेको जनाएको छ । बस दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post