काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना : एकजनाको मृत्यु, १६ घाइते (नामसहित)

पृथ्वी राजमार्गअर्न्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा आइतबार बिहान तीनवटा सवारी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत २६ वर्षीय मुना गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौंमा उपचारका क्रममा मत्यु भएको हो ।दुर्घटनामा तनहुँको दमौली घाँसेकुवा बस्ने ३४ वर्षीय बुद्धिसागर थापा।

चितवनको माडी नगरपालिका ९ बस्ने ३५ वर्षीयकुमार सिंह भुजेल, माइक्रोका सहचालक व्यास नगरपालिका ४ बस्ने २८ वर्षीय नवीन ढकाल, व्यास नगरपालिका ३ बस्ने ३८ वर्षीय सिमा शाही ठकुरी, माइक्रोका चालक व्यास ११ बस्ने ४२ वर्षीय डम्बरबहादुर विक, म्याग्दी गापा १ बस्ने ४८ वर्षीय राजु लम्साल, वतन नखुलेको ३५ वर्षीय पूर्णबहादुर नेपाली घाइते भएका छन् ।

त्यस्तै तनहुँ बन्दिपुर गाउँपालिका १ बस्ने ३८ वर्षीय अर्जुन विश्वकर्मा, ४६ वर्षीया राज्यलक्ष्मी श्रेष्ठ, दमौली-१० बस्ने २५ वर्षीय जितु सुनार, व्यास नरपालिका ११ बस्ने ४५ वर्षीया मिरा खड्का, सोही ठाउँका ४० वर्षीया सरस्वती राई, तनहुँ व्यास नगरपालिका ११ बस्ने ४५ वर्षीया मीरा खड्का, सोही ठाउँकी ४० वर्षीया सरस्वती राई, म्याग्दी गाउँपालिका ६ बस्ने ३० वर्षीय लालबहादुर परियार, व्यास नगरपालिका १० बस्ने ५१ वर्षीय टिकाबहादुर दराइ घाइते भएका छन् ।

सामान्य घाइते भई मलेखु टिचिङ अस्पतालमा उपचाररत नवलपरासी कावासोती नगरपालिका १५ बस्ने ४० वर्षीय विजय बोटे र तनहुँ व्यास नगरपालिका ११ बस्ने १८ वर्षीय कोपिला राई भने डिस्चार्ज भएका छन् । घाइतेहरू सबैलाई धादिङको गजुरी अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचारपश्चात काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रक चालक फरार छन् भने कार चालक प्रहरीको नियन्त्रणमा छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post