काठमाडौं मित्रनगरको सडकबाट तीनजना पक्राउ

प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका-२६ स्थित मित्रनगरबाट तीन जनालाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौंको गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगर-१२ बस्ने २४ वर्षीय कालदेन वाइवा र खोटाङ साकेला गाउँपालिका-३ बस्ने ४६ वर्षीय दिलबहादुर तामाङ छन्।

उनीहरूले बोकेको झोलामा चितुवाको छाला बरामद भएको प्रहरी उपरीक्षक मैनालीले बताए। उनका अनुसार चितुवाको छाला दुई मिटर १० सेन्टिमिटर लामो र एक मिटर ३० सन्टिमिटर चौडाइको छ।

उनीहरूलाई शुक्रबार छालासहित डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post