पोखरा जादै गरेको कार खोलामा खस्दा ४ जना…

आज एकाबिहानै कास्की जिल्लाको मर्दीखोलामा कार खसेर दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका छन्।कास्कीको माछापुच्छ्रे गाउँपालिका –४,लाहाचोकबाट पोखरा आउँदै गरेको ग ३ च ७५८७ नं को कार।

आज विहान अन्दाजी ७ः४५ मर्दी खोलामा खस्दा चार जना घाइते भएका हुन् ।सो दुर्घटनामा परेर लाहाचोक बस्ने वर्ष ७० का भोजबहादुर श्रेष्ठ, वर्ष ६३ का भीमबहादुर श्रेष्ठ, २९ वर्षीया रमा श्रेष्ठ र २७ वर्षीया पार्वती श्रेष्ठ घाईते भएका छन्।

घाइते चारै जनाको अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।कार अनियन्त्रित भई सडकबाट करिब ७० फिट तल मर्दीखोलामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post