मेरी ममी फिर्ता गर भन्दै ८ वर्षिय छोरा सडकमै आए, सबैलाई भावुक बनायो यो दृश्यले (भिडियो सहित)

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका स्थित अमृता खत्रीले आफ्नो माइती दाइलाई म्यासेज पठाउँदै भनिन्,”दाइ म यहाँ बस्न सक्दिन,मलाई यहाँबाट निकाल्नुहोस्त।

र उनले यसरी म्यासेज पठाएको आधा घण्टा नबित्दै उनको ज्यान गयो। तर श्रीमानले उनको माइतीपक्षको दाइ………लाई,”दाइ चाँडै आउनुहोस्,बहिनी बिरामी भइन्” भनेर फोन गरे।अहिले माइती पक्ष र घर पक्ष दुवै तर्फी घटनास्थलमा आएर आ-आफ्नै आशय व्यक्त गरिरहेका छन्।साथै घटनाको सत्य तथ्य छानबिनको लागि प्रहरी तथा अनुसन्धान टोली समेत लागि परिरहेको छ।

मृ’त’क अमृता खत्री माइतीबाट ५ महिना जति बसेर घर आएकी थिइन् र घर आए लगत्तै १ घण्टामै उनको रहस्यमय तरिकाले मृ”त्यु हुन गयो। माइती पक्षले यसलाई विष खाएर नभइ सुनियोजित ह’त्या गरिएको बताएको छ।

अमृताका दाइका अनुसार दाइले अमृतालाई र उनको छोरालाई घरमा पुर्‍याएर आएको एक घण्टा पनि नबित्दै ज्वाइँले कल गर्दै बहिनी बिरामी भएको र अस्पतालमा लैजानको लागि सहयोग मागेका थिए।त्यसपछि अमृताका दाइ अतालिँदै अमृतालाई अस्पतालमा लैजान भनी गए र उनलाई नजिकैको अस्पतालमा लगेर उपचार गराउने क्रममा अस्पतालका डाक्टरले उनलाई पहिले नै मृ’त्यु भएर ल्याएको भनेर मृ’त सर्टिफिकेट बनाइदिएका थिए।

तर गाउँले दिदीबहिनी तथा आमाहरू यसलाई सुनियोजित घटना भएको भन्दै यतिखेर आन्दोलन गरिरहेका छन्।उनीहरूका अनुसार अमृताले त्यति चाँडै माइतीबाट आउनेबित्तिकै तत्काल त्यत्तिको मृत्युबरण जस्तो निर्णय लिन नसक्ने समेत बताएका छन्।उनीहरूका अनुसार अमृता एउटा सहकारीमा समेत काम गर्दै आइरहेकी थिइन्।

अमृताको न्यायका लागि भन्दै आन्दोलनरत आन्दोलनकारी हरूले यतिबेला घरमा समेत ढुङ्गामुढा गर्दै झ्याल तथा सिसामा तोडफोड गरेका छन्।यता दाइ रुँदै भन्छन्,”बहिनी अमृता तिमी जहाँ भए पनि तिम्रो न्यायका लागि हामी लडिरहनेछौँ।तिमी लाई मा’रिए’को हो,तिमीले बचाउनु दाइ भनेर खबर गर्दागर्दै पनि बचाउन असमर्थ भयौं।

त्यसको लागि क्षमाप्रार्थी छौँ।यसैबीच अमृताका साना ८ वर्षिय छोरा आदित्यले मेरी ममीलाई न्याय दे भन्दै सडकमै नारा लगाएर सबैलाई भावुक बनाएका छन।

भिडियो हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post