
बागलुङ जिल्ला ढोरपाटन वडा नं ९ मा मनसारा नाम गरेकी एकजना ६० वर्षकि आमा बस्दै आउनु भएक छ ।आफुले निकै दुख गरेर हुर्काएका ३
छोराछोरी अहिले ठुला भएर आफ्नो आफ्नो बाटो लागेपछि र बुढाले समेत हेर्न छोडेपछि उनी बेसहारा भएकी हुन् ।सुखदुःखमा साथ दिने भनेर विवाह गरि ल्याएका श्रीमानले समेत बुढेसकालमा अर्की लिएर हिडेपछी उनी बिचल्ली परेकी हुन् ।सौताका समेत ६ भाइ छोरा भएको तर आफ्नो भने निकै बिजोग भएको कुरा उनी बताउछिन् ।
बुढी आमाको खुट्टामा समेत निकै पिडा र हिड्न गाह्रो हुने भएकाले उनी केही सहाराको खोजिमा छिन् ।न भान्सा गर्न हुन्छ,न आरामले हिड्न नै हुन्छ ।उनी निकै बेसहारा भएर अहिले दुखमा परेकी छिन् ।
भिडियो हेर्नुस् :-