दार्चुलाको महाकाली नदिमा हाम फालेर एक महिलाको यसरी भयो मृ'त्यु

दार्चुलास्थित महाकाली नदिमा हाम फालेर एक महिलाको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका ४ स्थित घाटबजार रोशन वियर वारमा काम गर्ने अन्दाजी २६ बर्षीय दमन्ती धामीले नदिमा हाम फालेकी हुन् ।

आइतबार बिहान १० बजेको समयमा रिङनतालको सिढीबाट उनले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । सोही स्थानमा आवतजावत गर्ने मानिसहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले करिव २ किलोमिटर तल वडा नम्बर ५ नमस्कार मन्दिरको किनार महाकाली नदीबाट करिव १०ः४० बजे उनको मृत अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको बताइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post