
शनिवार राति चलेको हावाहुरी र वर्षाले एउटा गाउँ नै तहसनहस बनाएको छ । बेलुका करीब ७ बजे तिर चलेको हावाहुरी र वर्षाले २५ वटा भन्दा बढी घरको पुरै छाना उडाएको छ ।
थप १ सय ५० भन्दा बढी घरमा क्षति पुर्याएको छ । सोही हावाहुरीमा परेर एक जना घाइते भएका छन् । घाइते भएकी ६५ बर्षिय बोध कुमारी बोहोरालाई शनिबार राती नै उपचारको लागी मन्थली लगिएको स्थानिय संतोष सोडारीले बताए ।हावा हुन्डरी संगैको वर्षाले स्थानियको घरमा भएको धान मकै कोदो गहुँ लगायत अन्न बाली सबै भिजेको छ । केहि अन्न पानीले भिजेका कारण कामै नलाग्ने भएको छ ।